चन्द्रागिरिका कलाकार र निर्माता भएको चलचित्र ‘हामी तीन भाई’ को छायांकन अन्तिम चरणमा
थानकोट ।
चलचित्र ‘हामी तीन भाई’को छायांकन अन्तिम चरणमा पुगेको छ ।
गत असार २९ गते गोरखास्थित मनकामना मन्दिरमा पटकथा पूजा गरिएको चलचित्रको मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिएको थियो । मधुसुदन भट्टराईले चलचित्रको निर्देशन गरिरहेका छन्।
निर्देशक भट्टराईले चलचित्रको ८० प्रतिशत छायांकन सकिएको र बाँकी २० प्रतिशत छायांकन काठमाडौंमा गरिने जानकारी दिए । काठमाडौंमा एक गीत र केही दृश्यको मात्रै छायांकन गरिने निर्देशक भट्टराईले बताए ।
साजित महत प्रस्तुतकर्ता रहेको चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा, यादव देवकोटा (सरापे), भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अन्जु हमाल, विकास चापागाई, सुष्मा निरौला, राज दिप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ ।
निर्देशक भट्टराईको कथा रहेको चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता अनि प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सह-निर्मातामा छन् ।
प्रसिद्धि सिने आट्सको ब्यानरमा निर्माण हुने चलचित्रमा शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पार्श्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहेको छ ।
चलचित्रका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।












