इन्धनको मूल्यवृद्धि, खाना पकाउने ग्यासमा बढ्यो २३५ रुपैयाँ

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै निगमले खाना पकाउने ग्यासमा पनि मूल्य वृद्धि भएको जनाएको हो।

निगमले खाना पकाउने ग्यासमा एकैपटक २३५ रुपैयाँ मूल्य बढाएको छ।

भारतीय आयल कर्पोरेसनले हरेक १५-१५ दिनमा इन्धनको मूल्य पठाउने गर्छ। सोही मूल्यसूचीका आधारमा नेपाल आयल निगमले मूल्य बढाएको हो।

भारतबाट पेट्रोलमा ३ रुपैयाँ १७ पैसा, डिजेलमा २ रुपैयाँ ४८ पैसा र ग्यासमा प्रतिसिलिन्डर १८६ रुपैयाँ ४५ रुपैयाँ वृद्धि भइ आएको हो।

समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १८२ रुपैयाँ, डिजेलको मूल्य १७० रुपैयाँ र एलपीजीको मूल्य प्रतिसिलिन्डर १ हजार ८९५ रुपैयाँ पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *