कीर्तिपुरमा तासमा रमाइरहेका ५ जना प्रहरी नियन्त्रणमा
थानकोट।
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिका-२ कीर्तिनगर डेरा गरी बस्ने रामेछाप, रामेछाप नगरपालिका-१४ घर भएका ५० वर्षीय पटक गम्बिर अधिकारीको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको टोखा नगरपालिका-८ जाल्पा चोक डेरा गरी बस्ने गोरखा घर भएका पूर्णमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने फुलमाया तामाङ समेत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।











