तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किला कार्यक्रम नगर्न चन्द्रगिरि नगरपालिकाको निर्देशन
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किला कार्यक्रम नगर्न नगरका वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई सूचना जारी गरेको छ ।
बिहीबार नगरका प्रमुख प्रशासकीय अधिृकत हेमराज अर्यालबाट जारी हस्ताक्षरित सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडाैंबाट भदाै १८ गते तिज पर्व मनाउने सम्बन्धी जरूरी सूचना प्रशासन गरेकोमा सोही व्यहोरा चन्द्रागिरि नगरमा समेत कार्यान्वयन गर्न सो अनुरोध गरिएको हो ।
तडकभडक गरे कारबाही गर्ने प्रशासनको चेतावनी, तर कुपन बाँढेर तिज मनाउँदै वडा कार्यालय !
जिल्ला प्रशासनले विगतको तुलनामा हालैका वर्षहरुमा तिज मनाउने क्रममा अनावश्यक तडक भडक सहितका खर्चिला कार्यक्रमहरु बढ्दै गएको देखिएको भन्दै नियन्त्रण गर्न निर्देशन दिएको हो । ‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ आफ्नो परम्परा एवम् सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किलो कार्यक्रम सञ्चालन नगर्नु र नगराउनु हुन हार्दिक अनुरोध छ,’सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता खड्गबहादुर श्रेष्ठ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयको सूचना ः

चन्द्रागिरि नगरपालिकाको सूचना ः












