काठमाडौंमा प्रहरीमाथि ‘हातपात’ गर्ने युवक पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौंमा प्रहरीमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१०, बुद्धनगरमा बस्दै आएका सिन्धुलीको मरिन गाउँपालिका-४ का ३० वर्षीय राजकुमार घिसिङलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं महानगरपालिका-३१, शंखमूलमा तीव्र गतिमा आएको बा ३७ प ६४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा घिसिङले प्रहरीप्रति अपशब्द प्रयोग गरेका थिए ।

वादविवाद पश्चात् उनले प्रहरीमाथि नै हातपात गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ