धुनीबेंसीस्थित युनाइटेड सिमेन्ट उद्योगका एक मजदुरलाई मेसिनले ठक्कर दिएपछि…

Thankot Times

थानकोट । 

धुनीबेंसी नगरपालिका ०९ जुगेडीस्थित युनाइटेड सिमेन्ट उद्योगमा मेसिनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सो उद्योगका कामदार भारतको विहारका ३८ वर्षीय जितेन्द्र रामको मृत्यु भएको हो ।

शनिबार बिहान करिब साढे ९ बजे उद्योगमै काम गर्ने क्रममा मेसिनको ठक्करबाट उनी घाइते भएका थिए ।

तत्कालै काठमाडौंस्थित मनमोहन अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव मनमोहन अस्पतालमै छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ