छैठाैं नैकाप गोल्ड कपका लागि जुट्दै सहयोग, चन्द्रागिरि स्पोर्टस् अवार्डलाई वडाध्यक्ष केसीको प्रायोजन
थानकोट ।
चन्द्रागिरि स्पोर्टस् एकेडेमीले प्रदान गर्दै आएको चन्द्रागिरि स्पोर्टस् अवार्ड यसपटक पनि प्रदान गरिने भएको छ ।
चन्द्रागिरि नगर निवासी सक्रिय खेलाडी वा प्रशिक्षकमध्ये सर्वाधिक सफल खेलाडी वा योगदानकर्ता प्रशिक्षकलाई प्रदान गरिने सो अवार्डको पुरस्कार राशी ५० हजार रूपैयाँ रहनेछ ।
पाँच लाख रूपैयाँ पुरस्कार राशीको नैकाप गोल्डकप फुटबल प्रतियोगिता असोज २७ गतेबाट
यही असोज २७ गतेबाट सुरू हुने चन्द्रागिरि नगरकै प्रमुख फुटबल उत्सव नैकाप गोल्डकपको छैठाैं संस्करणको समापनका क्रममा प्रदान गरिने सो सम्मानका लागि चन्द्रागिरि नगरपालिका ०७ महादेवस्थानका वडाध्यक्ष शम्भुकुमार केसीले प्रायोजन गर्ने भएका छन् । गत संस्करणमा भलिबल स्टार प्रतिभा मालीले यो सम्मान प्राप्त गरेकी थिइन् ।

नैकाप गोल्डकपको छैटाैं संस्करणमा सर्वोत्कृष्ठ खेलाडी घोषित हुने खेलाडीले प्राप्त गर्ने पुरस्कारका लागि ईञ्जिनियर बरूण केसीले प्रायोजन गर्ने घोषणा गरिसकेका छन् ।
छैठाैं नैकाप गोल्डकपको सर्वोत्कृष्ठ खेलाडी पुरस्कारमा ईञ्जिनियर केसीको प्रायोजन
यसैगरी सर्वोत्कृष्ठ गोलरक्षक पुरस्कारका लागि दिलिप केसी (खत्री) ले प्रायोजन गर्ने भएका छन् । नैकाप गोल्डकपमा सर्वोत्कृष्ठ गोलरक्षकले नगद रू. १५ हजार रूपैयाँ तथा ट्रफी पाउनेछन् ।













