माेटरसाइकल र राँगाे आपसमा ठाेकिँदा माेटरसाइकल चालकको मृत्यु
थानकोट ।
सिरहाको सिरहा नगरपालिका-२२, सागरपुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्थानीय अन्दाजी १९ वर्षीय आशीष खानको मृत्यु भएको हो ।
उपचारका क्रममा प्रादेशिक अस्पताल सिरहामा बिहान पौने ११ बजे उनको मृत्यु भएको प्रहरी चौकी सन्हैठाले जनाएको छ ।
बिहान करिब १० बजे सडकमा रहेको राँगासित स २ प ९६३६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।











