एमाले बागमतीको अध्यक्षमा ५ जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस-कसले दिए उम्मेदवारी ?

Thankot Times

थानकोट ।

नेकपा एमालेको बागमती प्रदेश कमिटी अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबार एमाले मुख्यालय च्यासलमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डे उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा नारायणप्रसाद खतिवडा, दावादाेर्जे लामा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका हुन् ।

सचिवमा हस्त पण्डित, नवराज सिलवाल, रत्न गुरुङ र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।  

यस्तै उपसचिवमा डबल पाण्डे, खड्गबहादुर खत्री, टासी लामा, गंगादेवी श्रेष्ठ, भक्तकुमारी लामा, ओमराज पन्त, कृष्णहरी थापा , ठाकुरप्रसाद गजुरेल र रमेश महर्जनले उम्मेदवारी दिएका छन् । 

उम्मेदवारी मनोनयनको क्रम साँझ ७ बजे सम्मलाई तोकिएको छ । मतदान भने बिहीबार बिहान हुनेछ ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *