चन्द्रागिरि नगरमा आज हुने राष्ट्रिय क्रस कन्ट्री दाैड प्रतियोगितामा करिब २५० जनाको सहभागिता रहने

Thankot Times

थानकोट ।

एथलेटिक्स परिवार नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सह आयोजनामा चन्द्रागिरि नगरमा पहिलोपटक आज राष्ट्रिय क्रस कन्ट्री दाैड प्रतियोगिता हुँदैछ ।

सो प्रतियोगिता बिहान ८ः३० बजेबाट चन्द्रागिरि नगरपालिकाको कार्यालयबाट सुरु हुने बताइएको छ । प्रतियोगितामा विभिन्न महानगर तथा नगरपालिकाका गरी करिब ३ सय जना प्रतिस्पर्धीले सहभागिता जनाउने नगरपालिकाले जनाएको छ ।

क्रस कन्ट्री दौड एउटा खेल हो जसमा टोलीहरू र व्यक्तिहरूले माटो वा घाँस जस्ता प्राकृतिक भू-भागमा खुला हावामा दौड गर्छन्।

यस्ताे छ चन्द्रागिरि अन्तर नगरपालिका क्रस कन्ट्री दाैड प्रतियोगिताकाे रुट

प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री दौडमा सिनियर महिला तथा पुरुषको १० कि.मी. र जुनियरतर्फ महिला तथा पुरुषको ५ कि.मी. गरी ४ विधामा व्यक्तिगत, टिम र समष्टिगत रूपमा खेलाडीहरूलाई प्रतिस्पर्धा गराइने रुट सार्वजनिक भएकाे छ ।

जसअनुसार १० किलोमिटर रुट चन्द्रागिरि नगरपालिकाकाे कार्यालयबाट सुरु भई गुर्जुधारा- १० नम्बर टाेल – मातातीर्थ – चेकपोस्ट – थानकोट गाेदाम – नागढुङ्गा सुरुङ मार्गकाे पूर्वी द्वार – दहचाेक सृजना चाेक – बलम्बु हुँदै चन्द्रागिरि नगरपालिकाकाे कार्यालयमा पुगेर सकिनेछ।

यसैगरी, ५ किलोमिटर दाैड चन्द्रागिरि नगरपालिकाकाे कार्यालयबाट सरु भई बलम्बु बुद्ध पाेखरी – वडा नं.१२ काे कार्यालय – डिआईजी फुटसल – जमुनापाटी – पाैडी पाेखरी – दहचाेक – सृजना चाेकहुँदै चन्द्रागिरि नगरपालिकाकाे कार्यालयमा पुगेर सकिनेछ ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने सिनियर व्यक्तिगत तर्फका खेलाडीहरूले नगद २५ हजार, १५ हजार र १० हजार सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो । यस्तै जुनियर व्यक्तिगततर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले नगद १५ हजार, १० हजार र ७ हजारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

यस्तै सिनियरतर्फ टिम प्रथमले २४ हजार, द्वितीयले ८ हजार र १२ हजार तथा जुनियर तर्फ १५ हजार, १२ हजार र ९ हजार नगदले पुरस्कृत गरिने नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *