चोभारमा पुरुष शव फेला, पहिचान हुन बाँकी
थानकोट ।
कीर्तिपुर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ ।
शनिबार कीर्तिपुर नगरपालिका-१०, चोभार गेटनजिक बागमती खोलामा हाल नामथर, ठेगाना नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मृतावस्थामा फेला परेका हुन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।











