कलंकीबाट हराएका ३६ वर्षीय सुदर्शन अझै सम्पर्क विहिन, चिन्तामा परिवारजन
थानकोट ।
कलंकीस्थित निवासबाट सम्पर्कविहिन भएका बारा निजगढ स्थायी ठेगाना भएका ३६ वर्षीय सुदर्शन तिमल्सिना अझै सम्पर्कमा नआएको परिवारजनले बताएको छन् ।
सुदर्शन गत साउन १३ गते कलंकीस्थित निवासबाटै सम्पर्क विहिन भएका थिए ।
मानसिक सन्तुलन ठिक नभएका सुदर्शनलाई देख्नुहुने महानुभावहरुले उनका बुबा चक्रपाणि तिमल्सिनाको मोबाइल नम्बर ९८२८२११९७२ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरि सहयोग गरिदिन परिवारजनले सबैमा अनुरोध गरेका छन् ।











