चाडपर्व नजिकिएसँगै चोरीका घटना बढ्दो, थानकोटबाट बिहानै चोरी भयो लाखाैं मूल्यको धनमाल

Thankot Times

थानकोट ।

चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा चोरीका घटना बढ्न थालेको छ । गत शुक्रबार बिहान चन्द्रागिरि नगरपालिकास्थित एउटा घरबाट लाखौंको धनमाल चोरी भएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका थानकोटस्थित समृद्धी टोल बस्ने रोशन थापाको घरबाट लाखौंको धनमाल चोरी भएको हो ।

प्रहरीका अनुसार नगद र विभिन्न सुन तथा चाँदीका गहना गरेर करिब तीन लाख ४६ हजार तीन सय रुपैयाँ बराबरको धनमाल चोरी भएको पाइएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिको खोजी भइरहेको बताइएको छ ।

प्रायः दिउँसो तथा रातको समयमा चोरीका घटनाहरु बढ्न थालेको प्रहरीको भनाई छ ।

यसअघि असोज पहिलो साता नैकापस्थित एक घरबाट लाखाैं मूल्य बराबरको धनमाल चोरी भएको थियो । चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा मोटरसाइकलसमेत चोरीका घटनामा सार्वजनिक भइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *