दोश्रो मातातीर्थ गोल्डकपः आज स्टार ११ र वर्णगंगा तथा क्लीन भिजन र एसवाइसीबीच खेल हुने

Thankot Times

थानकोट ।

गत शनिबारदेखि चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा आज बुधबार दुई खेल हुँदैछन् ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाले आयाेजना गरेकाे प्रतियोगिता अन्तर्गत मंगलबार दिनको १ बजे स्टार ११ फुटबल क्लबले वर्णगंगा फुटबल क्लबको सामना गर्नेछ ।

यसैगरी अपरान्ह ३ बजे हुने दिनको दोश्रो तथा अन्तिम खेलमा क्लीन भिजन फुटबल क्लबले एसवाइसीको सामना गर्नेछ ।

३ लाख रुपैयाँ राशिको प्रतियोगिताकाे फाइनल खेल कार्तिक ३ गते हुनेछ ।

प्रतियोगितामा विभिन्न १९ टाेलीले सहभागी जनाएका छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा क्रमश ढाक्सी प्रगतीशिल फुटबल क्लब र गणेशमान स्मृति फुटबल क्लबले विजयी सुरुवात गरेका छन् ।

दोश्रो मातातीर्थ गोल्डकपः गणेशमान स्मृति र ढाक्सी प्रगतीशीलको विजयी सुरूवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *