थानकोट-चित्लाङ सडक मर्मत सुरु
थानकोट ।
नजिकिंदो चाडपर्वमा हुने सवारी सञ्चालनको चापलाई मध्यनजर गर्दै थानको-चित्लाङ (गणेशमान सिंह मार्ग) मर्मतको कार्य सुरु भएको छ ।
चन्द्रागिरि नगरपालिका तथा मकवानपुरको थाहा नगरको पहलमा सो सडक मर्मत सुरु भएको बताइएको छ। सडकका लागि सडक विभागले समेत सहजीकरण गरेको बताइएको छ ।
मर्मत अन्तर्गत सडकमा परेका खाडल पुर्ने, नाली कटाउने, पहिलो पन्छाउने लगायतका काम भइरहेको थाहा नगरपालिकाले जनाएको छ ।
थानकोट चेकपोष्टबाट करिब २५ किलोमिटरको दुरीमा पर्ने चित्लाङ काठमाडाैंबाट हेटाैंडा पुग्ने छोटो मध्येको एक सडक मार्ग हो।
सो सडक मर्मत एवं स्तरोन्नतिको प्रयास भइरहेको भएतापनि खासै प्रगति हुन सकेको छैन् ।











