छैठाैं नैकाप गोल्डकपः मनकामना एफसी र गणेशमान स्मृति तथा नेपालय कलेज र वीजयपुरबीच खेल

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित नैकाप फुटबल मैदानमा जारी छैठाैं नैकाप गोल्डकप फुटबल प्रतियोगिताको चाैथो दि मंगलबार दुई खेल हुँदैछन् ।

दिनको दाेश्राे खेलमा दिउँसो ३ बजे पुल बी मा रहेका मनकामना फुटबल क्लब र गणेशमान स्मृति क्लब आमुनेसामुने हुँदैछन् ।

साे अघि दिउँसो  १ बजे कलंकीस्थित नेपालय कलेज र वीजयपुर युथ क्लबबीच खेल हुने तालिका रहेको छ । यी दुवै टोली पुल सी मा रहेका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलहरूमा क्रमश भीमसेन युवा क्लब र मध्यपुर जागरुक युवा क्लब विजयी हुँदै अघिल्लो चरणका लागि छनोट भएका छन् ।

प्रतियोगिताका पहिलो चरणका खेलहरू कार्तिक ३ गते सम्पन्न हुनेछन् ।

२७ टोलीले सहभागिता जनाएको यस संस्करणको नैकाप गोल्डकपको विजेताले ५ लाख रूपैयाँ पुरस्कार पाउनेछ ।

छैठाैं नैकाप गोल्डकपः पहिलोपटक सहभागी विभागीय क्लब त्रिभुवन आर्मी पहिलो खेलमै पराजित


Leave a Reply

Your email address will not be published. Required fields are marked *