छैठाैं नैकाप गोल्डकपः आज ब्लुबेल र बीजी फुटसल तथा सन्तोष एफसी र न्यू चन्द्रसूर्यबीच स्पर्धा हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित नैकाप फुटबल मैदानमा जारी छैठाैं संस्करणको नैकाप गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबार पनि दुई खेल हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत दिनको ३ बजे पुल बी मा रहेका सन्तोष फुटबल क्लब र न्यू चन्द्रसूर्यबीच स्पर्धा हुनेछ । सो अघि दिउँसो १ बजे पुल सी मा रहेका ब्लुबेल फुटबल क्लब र बीजी फुटसल क्लबबीच खेल हुनेछ ।

ब्लुबेल साबिकको उपविजेता टोली हो ।

यसअघि बुधबार सम्पन्न प्रतियोगित अन्तर्गतका खेलमा जित हात पार्दै महादेव यूथ क्लब र वाणस्थली यूथ सोसाइटी दोश्रो चरणमा प्रवेश गरेका छन् ।

२७ टोली सम्मिलित प्रतियोगिताको विजेताले ५ लाख रूपैयाँ हात पार्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *