विश्वकप क्रिकेटः भारतको लगातार चाैथो जित, आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै

Thankot Times

थानकोट।

भारतमा जारी

आईसिसी एकदिवसीय विश्वकपमा आज अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

बैंगलुरुलमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा २ बजे सुरु हुनेछ। जारी विश्वकपमा पाकिस्तान चार अंकसहित चौथो र अस्ट्रेलिया दुई अंकसहित छैटौं स्थानमा छ।

समान एक खेल हारेका दक्षिण अफ्रिका र पाकिस्तानको चार अंक छ। नेटरनरेटमा पाकिस्तान चौथो स्थानमा छ। खराब सुरुआत गरेको अस्ट्रेलिया तीन खेलमा एक मात्रै जितेको छ।

चार खेलबाट ८ अंक जोड्दै न्युजिल्यान्ड शीर्षस्थानमा यथावत छ। भारत पनि अपराजित रहँदै दोस्रो स्थानमा  छ।

पाकिस्तान अस्ट्रेलियाविरुद्ध बदला लिने लक्ष्यमा छ। यसअघि विश्वकपको वार्म अप खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १४ रनले हराएको थियो।

यसअघि पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलंकालाई ६ विकेटले हराउँदा अहमेदाबादमा आयोजक भारतसँग ७ विकेटले पराजित भएको थियो।

अस्ट्रेलिया पहिलो खेलमा भारतसँग ७ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग एक सय ३४ रनले पराजित भएको थियो। तेस्रो खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै पहिलो जित निकालेको हो।

प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा घरेलु टोली भारतले बंगलादेशको चुनाैती ७ विकेटले पन्छाउँदै महत्वपूर्ण २ अंक बटुलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *