छैठाैं नैकाप गोल्डकपः बार्सा नेपाल र बीबी गोर्खाजको सहज जित, पहिलो चरणका सबै खेल सम्पन्न

Thankot Times

थानकोट ।

छैठाैं संस्करणको नैकाप गोल्डकप फुटबल प्रतियोगितामा बार्सा नेपाल र बीबी गोर्खाजले विजयी सुरुवात गरेका छन् ।

शुक्रबार सम्पन्न पुल ए मा रहेका ल्याक्टो लक्ष्य र बार्सा नेपालबीचको खेलमा बार्सा नेपाल ३-० ले विजयी भयो । बार्साका लागि गौरव भण्डारी, दिवस राई र सन्तोष चौधरीले समान १-१ गोल गरे । जितसँगै बार्सा प्रतियोगिताको दोश्रो चरण प्रवेश गरेको छ ।

यसैगरी शुक्रबार नै सम्पन्न पुल डी मा रहेका बीबी गोर्खाज फुटबल क्लब र गणेशदेवी युथ क्लबबीच खेलमा बीबी गोर्खाज फुटबल क्लब नैकापले ३-१ को जित हात पार्यो । गोर्खाजका लागि सोम बहादुर थापाले २ तथा सुन्दर थापाले १ गोल गरेका थिए । पराजित गणेशदेवी युथका तर्फबाट जतिन बरालले सान्त्वना गोल गरे । जितसँगै गोर्खाज पनि दोश्रो चरणमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न दुई खेलको समाप्तीसँगै असोज २७ गतेबाट सुरु भएको चन्द्रागिरि नगरको सर्वाधिक राशिको फुटबल प्रतियोगिताको पहिलो चरणका खेलहरू सकिएका छन् ।

चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका-१४ स्थित नैकाप फुटबल मैदानमा जारी प्रतियोगितामा दोश्रो चरणका खेलहरू कार्तिक १४ गतेबाट सुरु हुनेछन् ।

२७ टोली सम्मिलित प्रतियोगिताको विजेताले ५ लाख रूपैयाँ हात पार्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *