त्रिदेशीय टी-२० श्रृङखला: नेपालद्वारा हङकङलाई २१४ रनको लक्ष्य
थानकोट ।
काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट श्रृंखलामा नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो।
कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै लयमा फर्किएको नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको हो ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि कुशल भुर्तेल र सोमपाल कामीले दोहोरो रन जोड्न सकेनन् ।
तर, नेपालको पारी सम्हालेका कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले १४५ रनको साझेदारी गरे ।
मल्लले ९२ रन र ऐरीले ५७ रन बनाए ।












