त्रिदेशीय टी-२० क्रिकेट सिरिजः आज नेपाल र यूएई भिड्दै

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिज अन्तर्गत आज नेपाल र यूएई भिड्दैछन् ।

खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।

जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ।

नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो भने हङकङलाई क्रमशः ६ विकेट र ७९ रनले पराजित गरेको थियो।

मोहम्मद वासिमको कप्तानीमा रहेको यूएई पनि जितसहित एक खेल अगावै फाइनलको यात्रा तय गर्न चाहन्छ। यदि नेपालले यूएईलाई पराजित गरे हङकङ र यूएई बीचको अन्तिम खेलबाट फाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्ने छ। यूएईले हिजो हङकङलाई ६ विकेटले पराजित गरेको थियो।

टी-ट्वान्टी विश्वकप २०२४ को छनोट प्रवल दाबेदार दुवै टोलीले यस सिरिजलाई एसिया क्षेत्र छनोटअघिको अन्तिम तयारीको रुपमा लिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *