त्रिदेशीय टी-२० क्रिकेट सिरिजः यूएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी त्रिदेशीय शृङ्खलामा घरेलु टिम नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)बाट १६५ रनको लक्ष्य पाएको छ ।

सोमबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६४ रनको लक्ष्य प्रस्तुत गर्यो । 

यूएईबाट आक्रामक रुपमा प्रस्तुत भएका बसिल हमेदले ४५ रन बनाए । उनले १९ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । भ्रित्या अरबिन्दले ४५ रन थपे । आसिफ खानले १८ र खालिद साहले १२ रन जोडे । 

नेपालबाट सोमपाल कामी र अभिनास बोहराले समान दुई विकेट लिए । गुल्सन झा र करण केसीले एकएक विकेट लिए ।

शृङ्खलामा नेपाल लिग चरणको अन्तिम खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले र तेस्रो खेलमा नेपालले पुनः हङकङलाई ७९ रनले हराएको थियो ।

ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।

शृङ्खलाको लिग चरणका सबै खेल मुलपानी हुनेछ । फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *