त्रिदेशीय टी-२० क्रिकेट सिरिजः लिग चरणमा नेपालको शतप्रतिशत जित

Thankot Times

थानकोट ।

काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको लिग चरणमा नेपालले शतप्रतिशत जित हात पारेको छ ।

सोमबार सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर खेल सकिन ४ बल बाँकी रहँदा भेटाएको हो ।

नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले १५ बलमा अविजित ४० रन बनाए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ /४५ रन बनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *