पारा एसियाली खेलकुद: पलेशा गाेवर्धनले नेपाललाई दिलाइन् ऐतिहासिक पदक
थानकोट ।
पलेशा गोवर्धनले चीनको हाङझावमा जारी चौथो पारा एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी छन् ।
पलेशाले पारा तेक्वान्दोको महिला ५७ केजी मुनि के–४४ तर्फ क्वाटरफाइनलमा चीनकी याङ लिटिङलाई १४–१ ले पराजित गरिन् । यससँगै उनले काँस्य पदक जितिन् ।
सेमिफाइनलमा भने पलेशा काजाकिस्तानकी खेलाडीसँग १६–१० ले पराजित भएकी छन् ।
टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर पलेशाले इतिहास रचेकी थिइन् ।












