त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधिका लागि नेपालले आज यूएईको सामना गर्ने, खेल त्रिवि मैदानमा

Thankot Times

थानकोट।

काठमाडाैंमा जारी त्रिदेशीय ट्वान्टी-२० क्रिकेट सिरिजको उपाधिका लागि नेपालले आज शुक्रबार युनाइटेड अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ ।

बुधबार भएको लिग चरणको अन्तिम खेलमा हङकङसँग पराजित भए पनि नेट रनरेटका आधारमा यूएईले तालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालले भने लिग चरणका खेलमा शतप्रतिशत नतिजासहित फाइनलको यात्रा तय गरिसकेको छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ । यस प्रतियोगितालाई आसन्न विश्वकप-२० क्रिकेट छनोटको तयारीका रूपमा लिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *