चन्द्रागिरि नगर प्रहरी केही दिनभित्रै कार्यक्षेत्रमा खटिने

थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी नियुक्ति प्रकृया सम्पन्न गरेको छ।
बुधबार नगर प्रमुख घनश्याम गिरीले प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती मूल्याकंन परीक्षा, लिखित परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण र अन्तर्वार्ता गरि ५ चरणमा छनौट प्रकृयामा सफल भएका उम्मेदवारहरुलाई नियुक्ति पत्र दिएसँगै चन्द्रागिरि नगरपालिकामा पनि नगर प्रहरी कार्यक्षेत्रमा खटिने बाटाे खुलेकाे हाे ।

चन्द्रागिरि नगर प्रहरी सहायक निरीक्षक एक जना, नगर प्रहरी जवान खुल्ला तर्फ १५ जना र नगर प्रहरी जवान महिला तर्फ ८ जना गरि २४ जना सफल उम्मेदवारहरुलाई नियुक्ति गरिएको बताइएको छ ।
नवनियुक्त नगरप्रहरीहरु केहि दिनभित्रै कार्य क्षेत्रमा खटिनेछन् ।

नगर प्रहरी निरिक्षकमा भने कुनै उम्मेदवार सफल हुन नसकेपछि साे पद रिक्त रहेकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *