‘एक्सन’ मा चन्द्रागिरि नगरका मेयर, सचिवालयलाई थप क्रियाशील बनाउने प्रतिबद्धता
थानकोट ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले आफ्नो सचिवालय अन्तर्गतकाे सार्वजनिक सेवा प्रवाह व्यवस्थापन कक्ष थप प्रभावकारी बनाउने घाेषणा गरेका छन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ को उपदफा (४)(क) को (११) बमोजिम सञ्चालनमा रहेकाे सचिवालयमा चन्द्रागिरि नगरबासीहरुलाई चन्द्रागिरि नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु, अस्पताल तथा नगरपालिका अन्तर्गतका अन्य कुनै पनि निकायहरुको सेवा प्रवाहमा कुनै पनि किसिमको गुनासो वा सल्लाह वा अन्य कुनै किसिमको जानकारी गराउन पर्ने भएमा प्रत्यक्ष उपस्थित भएर वा टेलिफोन वा ईमेल वा सचिवालयको सामाजिक सञ्जालमार्फत सार्वजनिक सेवा प्रवाह व्यवस्थापन कक्षमा वा सो शाखाका सदस्यहरुसंँग सम्पर्क गर्न नगर प्रमुख घनश्याम गिरीले सार्वजनिक आह्वान गरेका छन् ।











