चारदेशीय महिला टी-२० क्रिकेट सिरिजः तेस्रो स्थानका लागि नेपाल र जापानबीच खेल जारी
थानकोट ।
चारदेशीय महिला टी-२० सिरिज अन्तर्गत आज नेपालले तेस्रो स्थानका लागि जापानविरुद्ध खेलिरहेको छ ।
अहिले बिहान सवा ७ बजेदेखि सुरु भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेपाल समूह चरणका खेलमा एक जितसहित तेस्रो र जापान चौथो भएपछि तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन्।
नेपालले जापानलाई नै शनिबार पराजित गरेको थियो भने नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो।
त्यस्तै हङकङले सबै तीन खेल जितेर पहिलो हुदै र तान्जानिया २ जितसहित दोस्रो हुदै फाइनलमा पुगेका छन्। आज उपाधिका लागि फाइनलमा हङकङ र तान्जानियाबीच हुदै छ। फाइनल खेल पौने१२ बजेदेखि शुरु हुदैछ।









