प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताः उद्घाटन खेल वडा नं. १ र ३ बीच हुने

Thankot Times

थानकोट ।

मंसिर ८ गतेबाट सुरु हुने प्रथम चन्द्रागिरि नगर अन्तर वडा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोक र वडा नं. ३ थानकोटबीच खेल हुने भएको छ ।  

बुधबार चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापको कार्यालयमा सार्वजनिक गरिएको खेल तालिका अनुसार सहभागी १४ वडाहरू मध्ये वडा नं. १ र ३  पहिलो खेलमा आमुने सामुने हुने भएका हुन् । खेल दिनको २ बजे नैकापस्थित फुटबल मैदानमा हुनेछ । 

चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले आयोजना गर्ने प्रतियोगिताका सबै खेल नैकापस्थित फुटबल मैदानमा हुनेछन् । प्रतियोगिता चन्द्रागिरि नगरका १५ मध्ये १४ टोलीको सहभागिता रहने चन्द्रागिरि १४ का वडाध्यक्ष राजभाइ महर्जनले जानकारी दिए ।
चन्द्रागिरि वडा नंं ११ प्राविधिक कारणले सहभागि नभएको चन्द्रागिरि ११ सतुगंलका वडा सदस्य सिंहबहादुर महर्जनले जानकारी दिए ।

नकआउट प्रतियोगिताको विजेताले २ लाख रूपैयाँ पुरस्कार पाउनेछन् ।
फाइनल खेल मंसिर १६ गते शनिबार सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *