कस्तो रहनेछ आज दिनभर काठमाडौंको मौसम ?

Thankot Times

थानकोट ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको विभागले बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ ।  

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

काठमाडौंमा आज मौसम बदली हुनेछ । “काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ,” मौसमविद् गंगा नगरकोटीले भनिन्, “काठमाडौंमा आज दिनभर घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहनेछ ।”

विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताएको छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *