बिहानैदेखि धुम्म छ चन्द्रागिरि नगर क्षेत्रकाे आकाश, कस्ताे रहला दिनभरकाे माैसम ?
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रमा यतिबेला पूर्ण बदली रहेकाे छ ।
नेपालमा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसाे देशका देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेकाे बुलेटिनमा उल्लेख छ ।












