आजबाट प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता, उद्घाटन खेल वडा नं. १ र ३ बीच हुने
थानकोट ।
आजबाट प्रथम चन्द्रागिरि नगर अन्तर वडा कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
उद्घाटन खेलमा चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोक र वडा नं. ३ थानकोटबीच खेल हुनेछ ।
गत बुधबार चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापको कार्यालयमा सार्वजनिक गरिएको खेल तालिका अनुसार सहभागी १४ वडाहरू मध्ये वडा नं. १ र ३ पहिलो खेलमा आमुने सामुने हुने भएका हुन् ।
प्रतियोगिताको पहिलो खेल दिनको २ बजे नैकापस्थित फुटबल मैदानमा हुनेछ ।
चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले आयोजना गर्ने प्रतियोगिताका सबै खेल नैकापस्थित फुटबल मैदानमा हुनेछन् ।
प्रतियोगिता चन्द्रागिरि नगरका १५ मध्ये १४ टोलीको सहभागिता रहने चन्द्रागिरि १४ का वडाध्यक्ष राजभाइ महर्जनले जानकारी दिए ।
चन्द्रागिरि वडा नंं ११ प्राविधिक कारणले सहभागि नभएको चन्द्रागिरि ११ सतुगंलका वडा सदस्य सिंहबहादुर महर्जनले जानकारी दिए ।
नकआउट प्रतियोगिताको विजेताले २ लाख रूपैयाँ पुरस्कार पाउनेछन् ।
फाइनल खेल मंसिर १६ गते शनिबार सञ्चालन हुनेछ ।













