प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबलः आज वडा नंं ७ र ८ तथा वडा नं. २ र १५ बीच खेल हुने

Thankot Times

थानकोट ।

प्रथम चन्द्रागिरि नगर अन्तर वडा कप फुटबल प्रतियोगिताको दोश्रो दिन आज शनिबार पहिलो चरणका दुई खेल हुँदैछन् ।

चन्द्रागिरि नगरपालिका नैकापस्थित फुटबल मैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिबार दिउँसो २ बजे पुल ए मा रहेका चन्द्रागिरि नगरपालिका वडा नं. ७ महादेवस्थान र वडा नं. ८ मातातीर्थबीच खेल हुनेछ । सो अघि मध्यान्ह १२ः३० बजे पुल सी मा चन्द्रागिरि वडा नं. २ बाँडभञ्ज्याङ र वडा नं. १५ तीनथानाबीच खेल हुने तालिका रहेको छ ।

चन्द्रागिरि नगरका १५ मध्ये १४ टोलीको सहभागिता रहेको प्रतियोगिताको शुक्रबार सम्पन्न उद्घाटन खेलमा चन्द्रागिरि वडा नं. ३ ले विजयी सुरुवात गरेको छ ।

चन्द्रागिरि वडा नं. १ दहचोकको चुनाैती १-० ले पन्छाउँदै थानकोटले दोश्रो चरणमा स्थान सुरक्षित गरेको हो । चन्द्रागिरि वडा नं. ३ थानकोटले दोश्रो चरणमा आज हुने चन्द्रागिरि ७ र चन्द्रागिरि ८ बीचको खेलको विजेतासँग सेमीफाइनल प्रवेशका लागि मंसिर १२ गते प्रतिस्पर्धा गर्नेछ ।

चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख रूपैयाँ प्राप्त गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *