चन्द्रागिरि अन्तर वडा कप फुटबलः तेस्रो दिनका २ खेलमा १३ गोल, चन्द्रागिरि वडा नं. ४ र ५ अन्तिम ८ मा
थानकोट ।
प्रथम चन्द्रागिरि नगर अन्तर वडा कप फुटबल प्रतियोगिताको तेस्रो दिन आइतबार सम्पन्न खेलहरूमा चन्द्रागिरि वडा नंं ५ महादेवस्थान किसिपिडी र चन्द्रागिरि वडा नं. ४ थानकोटले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिता अन्तर्गत पुल बी मा रहेका चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट र वडा नं. १४ नयाँ नैकापबीच खेलमा थानकोट ३-१ ले विजयी हुँदै अन्तिम ८ का लागि भयो ।
सेमीफाइनल प्रवेशका लागि अब चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटले मंसिर १३ गते चन्द्रागिरि वडा नं. १३ पुरानो नैकापको सामना गर्नेछ । पुरानो नैकाप सिधै दोश्रो चरणका लागि छनोट भएको हो ।
प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न पुल सी मा चन्द्रागिरि वडा नं.१२ बलम्बु र वडा नं. ५ महादेवस्थान, किसिपिडीबीचको खेलमा किसिपिडीले एकतर्फी खेलमा ९-० को जित हात पार्दै दोश्रो चरणमा स्थान पक्का गर्यो ।
सेमीफाइनल प्रवेशका लागि अब चन्द्रागिरि नगरपालिका वडा नं. ५ ले मंसिर १२ गते चन्द्रागिरि नगरपालिका वडा नंं १५ को सामना गर्नेछ । वडा नं. १५ चन्द्रागिरि २ को चुनाैती पन्छाउँदै अन्तिम ८ मा प्रवेश गरेको थियो ।
प्रतियोगिता अन्तर्गत सोमबार पहिलो चरणको अन्तिम खेल हुनेछ । जहाँ मध्यान्ह १२ः३० बजे चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थानले चन्द्रागिरि नगरपालिका ९ मच्छेगाँउको सामना गर्नेछ । यो खेलको विजेताले सेमीफाइनल प्रवेशका लागि सिधै दोश्रो चरणमा छनोट भएको चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुगंलको मंसिर १३ गते सामना गर्नेछ ।
चन्द्रागिरि नगरपालिका नैकापस्थित फुटबल मैदानमा चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख रूपैयाँ प्राप्त गर्नेछ ।












