चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताः यस्तो छ क्वाटरफाइनल समीकरण, आज २ खेल हुने
थानकोट ।
प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरू आजबाट सुरु हुँदैछन्।

प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा चन्द्रागिरि नगरपालिका वडा नं. ९ ले चन्द्रागिरि वडा नं. ६ को चुनाैती २-० ले पन्छाएसँगै प्रतियोगितामा अन्तिम ८ टोलीको टुंगो लागेको थियो ।
प्रतियोगिता अन्तर्गत आज २ खेल हुने तालिका रहेको छ । जसअनुसार प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा मंगलबार चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटले चन्द्रागिरि नगरपालिका वडा नं. ८ को सामना गर्नेछ यो खेल मध्यान्ह १२ः१० बजे हुने तालिका रहेको छ ।
यसैगरि मंगलबार नै चन्द्रागिरि नगरपालिका १५ तीनथानाले क्वाटरफाइनल खेलमा चन्द्रागिरि नगरपालिका वडा नं. ५ महादेवस्थान किसिपिडीको चुनाैती सामना गर्नेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिको आयोजनामा चन्द्रागिरि नगरपालिका नैकापस्थित फुटबल मैदानमा भइरहेको प्रतियोगिताको फाइनल खेल मंसिर १६ गते हुने तालिका रहेको छ ।












