चन्द्रागिरि वडा नं. ४ थानकोट प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको फाइनलमा
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट जारी प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनलमा चन्द्रागिरि वडा नं. ८ मातातीर्थको चुनाैती सडेन डेथमा पन्छाउँदै थानकोट उपाधि नजिक पुगेको हो ।
खेलमा थानकोट ५-३ ले विजयी भयो । खेलको निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि विजेताको चयन पेनाल्टी सूटआउटमा निकालिएको थियो ।
उपाधिका लागि चन्द्रागिरि वडा नं. ४ थानकोटले बिहीबार नै हुने चन्द्रागिरि नगरपालिका वडा नंं १५ तीनथाना र वडा नं. ९ मच्छेगाउँबीच हुने प्रतियोगिताको दोश्रो सेमीफाइनल खेलको विजेतासँग मंसिर १६ गते प्रतिस्पर्धा गर्नेछ ।
चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख रूपैयाँ पुरस्कार पाउनेछन् ।












