जनमत पार्टीले तोक्यो वडादेखि प्रदेश अधिवेशनको मिति

Thankot Times

थानकोट ।

जनमत पार्टीले वडादेखि प्रदेश अधिवेशनको मिति तोकेको छ ।

पार्टी अध्यक्ष सीके राउतले जारी गरेको सूचनाअनुसार मंसिर १५ देखि माघ १५ गतेसम्ममा सबै वडा अधिवेशन गरिने उल्लेख छ । माघ १५ देखि फागुन १५ गतेसम्ममा पालिका अधिवेशन, चैत्र ३ गते जिल्ला अधिवेशन हुनेछ ।

त्यस्तै, ०८१ वैशाख २४–३० गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *