नेकपा एमालेले टुंग्यायो बागमती प्रदेशको मुख्यमन्त्रीको नाम

Thankot Times

थानकोट ।

बागमती प्रदेशको नयाँ मुख्यमन्त्री चयनका लागि नेकपा (एमाले) भित्र देखिएको प्रतिस्पर्धा अन्तत: टुंगिएको छ ।

आकांक्षी नेताहरूबीचको छलफलपछि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको नाममा सहमति जुटेसँगै उनलाई मुख्यमन्त्री बनाउने तयारी अघि बढेको एमालेका सांसद तथा पूर्वमन्त्री मधुसूदन पौडेलले जानकारी दिए ।

शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा भएको छलफलमा थपलियालाई मुख्यमन्त्री बनाउनेबारे सहमति जुटेको पौडेलले बताए । मुख्यमन्त्रीमा भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री किरण थापा मगरको पनि दाबी रहेको थियो ।

ओली निवास गुन्डुमा आकांक्षीहरू थपलिया, थापासहित पार्टी सचिव तथा बागमती इञ्चार्ज महेश बस्नेत, पार्टी बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलगायतका नेताहरूको उपस्थिति थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ