डडेलधुराबाट केपी ओलीले शेर बहादुर देउवालाई फोन गरेपछि….
थानकोट ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको भिडियो अहिले चर्चामा छ ।
पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का लागि डडेलधुरा पुगेका नेकपा एमालेका अध्यक्ष ओलीले काठमाण्डौमा रहेका नेपाली कांग्रेस सभापति देउवालाई फोन गरेका हुन् ।
देउवाको गाउँ डडेलधुराको गन्यापधुरा नजिकै बास बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा गरेको कुराकानी सामाजिक सञ्जालमा राखेका छन् । सो कुराकानीमा देउवा बोलेको आवाज भने प्रष्ट सुनिँदैन ।
ओलीले शुरुमा जय नेपाल भन्दै आफूले डडेलधुरा बजारभन्दा अलि तलतिर गन्यापधुरा नजिकैबाट फोन गरेको बताउँछन् ।
कुराकानीको सिलसिलामा ओलीले तपाईँको जिल्लामा आएको बेला यसो सम्झेको नि भन्दै काठमाण्डौतिर सबै राम्रो छ नि भनेर पनि सोधेका छन् ।
भिडियो हेराैं














