विश्वकप क्रिकेट लिग-२ का लागि नेदरल्यान्ड्स र नामिबिया नेपाल आउँदै

Thankot Times

थानकोट । 

नेपालले यहि फागुन ५ गतेदेखि घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग एकदिवसीय शृङ्खला खेल्ने भएको छ ।

आईसीसी विश्व कप लिग-२ को सन् २०२४-२७ को शृङ्खला खेल्न नेदरल्यान्ड्स र नामिबिया काठमाण्डाै आउने भएका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले लिग-२ को आउँदो सिजन नेपालबाट शुरु हुने र त्यसमा खेल्न नेदरल्यान्ड्स र नामिबिया काठमाण्डाै आउन लागेका जनाएको छ ।

नेदरल्यान्ड्स पहिलो पटक नेपाल आएर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

गत महिना भारतमा सकिएको विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले बङ्ग्लादेश र दक्षिण अफ्रिकालाई हराएको थियो । तर समग्रमा नेदरल्यान्ड्स एकदिवसीय वरीयतामा निकै तल रहँदै लिग-२ खेल्न लागेको हो ।

विश्वकप लिग-२ मा नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, नामिबिया र क्यानडाले खेल्नेछन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *