चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज वडा नं. ४ र ९ भिड्दै

Thankot Times

थानकोट ।

मंसिर ९ गतेबाट चन्द्रागिरि नगरमा जारी प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको उपाधि छिनोफानो आज हुने तालिका रहेको छ ।

नैकाप फुटबल मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि शनिबार दिउँसो २ः३० बजे चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट र  चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँबीच खेल हुनेछ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटले ट्राइबेकरमा चन्द्रागिरि नगरपालिका ८ मातातीर्थको चुनाैती पन्छाउँदै उपाधि नजिक पुगेको हो ।

चन्द्रागिरि नगरपालिका-१५ तीनथानामाथि १-० को संघर्षपूर्ण जित हात पार्दै चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँपनि उपाधि नजिक पुगेको हो ।

प्रतियोगिताको विजेताले २ लाख नगद तथा ट्रफी पुरस्कार पाउने बताइएको छ ।

उपविजेताले १ लाख रूपैयाँ नगद तथा ट्रफी पाउँदा प्रतियोगिताको व्यक्तिगत विधा तर्फका उत्कृष्ठ खेलाडी, गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टोलीले समान १०-१० हजार रूपैयाँ पुरस्कार पाउने चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले जनाएको छ ।

प्रतियोगितामा चन्द्रागिरि नगरका १५ मध्ये १४ वटा वडाका टोलीले सहभागिता जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *