प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता: विधागत रूपमा को-को अब्बल घोषित भए ?

Thankot Times

थानकोट ।
प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका वडा नं- ४ थानकोटले जितेको छ । फाइनल खेलमा चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँलाई १-० ले पराजित गर्दै थानकोटले उपाधि जितेको हो ।

उपाधिसहित थानकोटले नगद २ लाख रूपैयाँ तथा ट्रफी हात पार्दा मच्छेगाउँले १ लाख रूपैयाँ र ट्रफीमा चित्त बुझाउन पर्यो ।

प्रतियोगितामा विधागत रूपमा पनि चन्द्रागिरि नगरपालिका-४ थानकोट कै वर्चश्व रह्यो ।

विजेताहरूले जनही १० हजार रूपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कसले के जिते ?

फाइनल खेलको उत्कृष्ठ खेलाडीः सयेस श्रेष्ठ, वडा नं ४ थानकोट

सर्वोत्कृष्ठ गोलरक्षकः रिकेश श्रेष्ठ, वडा नं. ४ थानकोट

सर्वोत्कृष्ठ खेलाडीः संन्जिप महर्जन, वडा नं. ९ मच्छेगाउँ

उच्च गोलकर्ताः सयेस श्रेष्ठ, वडा नं. ४ थानकोट

सर्वोत्कृष्ठ प्रशिक्षकः काजी कङ्दङ्वा, वडा नं. ४ थानकोट

अनुशासित टोलीः वडा नं. १५ तीनथाना


Leave a Reply

Your email address will not be published. Required fields are marked *