साताैं दक्षिण एसियाली कराँते च्याम्पियनसिपः चन्द्रागिरिका खेलाडीलाई स्वर्ण पदकको ओइरो
थानकोट ।
काठमाडाैंमा जारी साताैं दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा नेपालले २९ स्वर्ण २४ रजत जितेको छ ।
प्रतियोगितामा चन्द्रागिरि नगरपालिका १० सतुगंल बोसिगाउँस्थित धनबहादुर स्मृति प्रतिष्ठानका प्रशिक्षार्थीहरूले चार स्वर्ण सहित ६ पदक जितेका छन् । प्रतियोगिता सो प्रतिष्ठानमा प्रशिक्षण लिइरहेकी अन्जली महर्जनले कुमितेको ४८ केजीमा स्वर्ण जितेकी छिन् ।
अस्मित थापा मगरले कुमितेको ५९ केजी मा स्वर्ण जित्दा सानुमाया थिङले टिम काता तथा ममता शाहसंकरले टिम कातामा स्वर्ण जितेको प्रतिष्ठानले जनाएको छ । यसैगरी एलिना तामाङले ५४ केजी माथिको समुहको क्याडेटमा रजत जितेकी छिन् । यसैगरी सन्दिप राइले जुनियर काता एकलमा रजत जितेका छन् ।
यसैगरी चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँस्थित नरहरिपुर डोजोका प्रशिक्षार्थी स्वनिम मानन्धरले टिम कातामा स्वर्ण जितेका छन् ।
सोही डोजाङका राजकुमार श्रेष्ठ, सन्जु देसार, नानु शाक्य, सृजना महतरा तथा कोपिला लिम्बुले पनि स्वर्ण पदक जितेको डोजोका प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिए ।














