यू-१९ एसिया कप क्रिकेट: पाकिस्तानद्धारा नेपाल पराजित

Thankot Times

थानकोट ।

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई पराजित गरेको छ। युएईमा आज सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ७ विकेटले हराएको हो।

नेपालले दिएको १५३ रन विजयी लक्ष्य पाकिस्तानले ओभरमा २६ दशमलब ३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको हो।यस अघि नेपालले पहिला ब्याटिङ गर्दै ४७ दशमलब २ ओभरमा १५२ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

प्रतियोगितामा नेपाल समूह एमा छ।नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन्।समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *