यू-१९ एसिया कप क्रिकेटः उपाधिका लागि बंगलादेश र युएई भिड्ने, भारत र पाकिस्तान पराजित

Thankot Times

थानकोट । 

घरेलु टोली युएई र बंगलादेश जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । 

एसोसियटतर्फ अलराउण्डर क्रिकेटरका रुपमा उदाएका आयान अब्जल खान नेतृत्वको युएईले पाकिस्तान शुक्रबार ११ रनले पराजित गर्‍यो ।

अर्को सेमीफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ । 

 टस हारेर पहिले ब्याटिङ गरेको युएईले अलआउट हुँदै पाकिस्तान विरुद्ध १९३ रनको औसत लक्ष्य तयार पारेको थियो ।

अन्तिम ६ बलमा पाकिस्तानलाई १२ रन चाहिएको थियो । तर लगातार दुई विकेट गुमाएर अलआउट हुँदै पाकिस्तान ११ रनले पराजित भयो ।

पराजयसँगै समूह एको विजेता बनेर आएको पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । तर समूह बीको उपविजेता बनेर आएको युएई भने पहिलोपटक फाइनलमा पुगेको छ ।

अर्को सेमीफाइनलमा भारतले दिएको १८९ रनको लक्ष्य बंगलादेशले ६ विकेटको क्षतिमा ४२.५ ओभरमा पूरा गर्‍यो। 

अब आइतबार उपाधिका लागि बंगलादेश र युएईबीच खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *