निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत

Thankot Times

थानकोट ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी पुस १६ गतेबाट लागु हुनेगरी जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।

निर्वाचन अधिकृतले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *