दोश्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि, विजेतालाई ११ लाख पुरस्कार

Thankot Times

थानकोट ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा दोस्रो संस्करणको केपी ओली कप २०२४ फुटबल आगामी फागुन ११ देखि हुने भएको छ ।

आयोजकका अनुसार प्रतियोगिता फागुन ११ देखि २० गतेसम्म हुनेछ ।

गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।

दोस्रो संस्करणको केपी ओली कपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक राष्ट्रिय युवा संघलाई फागुन ११ देखि २० गतेसम्मको मिति उपलब्ध गराएको छ ।

एन्फाले प्रतियोगितामा सहभागी हुने टिम तथा क्लबहरु एन्फा तथा जिल्ला फुटबल संघमा आधिकारिक रुपमा आबद्ध भएको हुनुपर्नेछ शर्त राखेको छ ।

प्रतियोगिताको खेलहरु च्यासलस्थित मैदानमा हुने र फाइनल खेल दशरथ रंगशालमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताको लागि खुल्ला आह्वान गरिने र त्यसपछि सहभागि टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ ।

नेपालका ए डिभिजन र विदेशी प्रतिष्ठित टिमहरुलाई प्रतियोगितामा सहभागी गराइने आयोजकको भनाइ छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५०-५० हजा। प्राप्त गर्नेछन् ।

यस्तै म्यान अफ दि म्याचलाई १५ हजार नगद प्रदान गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *