२०-२० विश्वकप-२०२४ः नेपालको समुहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स

Thankot Times

थानकोट । 

आईसीसीले यस वर्षकाे जुन-जुलाईमा हुने टी-२० विश्वकपकाे खेल तालिका सार्वजनिक गरेकाे छ ।

नवाैँ संस्करणकाे प्रतियाेगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

आईसीसीले आज शुक्रवार सार्वजनिक गरेकाे तालिकाअनुसार नेपाल समूह ‘डी’ मा रहेकाे छ ।

याे समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् ।

सार्वजनिक तालिकाअनुसार न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी (पीएनजी) समूह ‘सी’ मा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *