यसकारण आज चन्द्रागिरि नगरपालिका तथा वडा कार्यालयहरूबाट प्रवाह हुने सेवा अवरुद्ध हुने

Thankot Times

थानकोट । 

आज चन्द्रागिरि नगरपालिका तथा सो अन्तर्गतका वडा कार्यालयहरूबाट प्रभाव हुने सेवा अवरुद्ध हुने भएको छ । 

२६औं भूकम्प सुरक्षा दिवस समारोह चन्द्रागिरि नगरपालिकामा मनाउने निर्णय भएअनुसार सो को तयारी एवं व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिका तथा सबै १५ वटै वडा कार्यालयहरूबाट प्रवाह हुने सेवाहरू आज अवरुद्ध हुने भएका हुन् ।

चन्द्रागिरि नगरपालिका नैकापस्थित फुटबल मैदानमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा २६औं भूकम्प सुरक्षा दिवस समारोह मनाइँदैछ ।

दिउँसो १ः१५ बजेबाट सुरु हुने समारोहमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत उपस्थित हुनेछन् । समारोहमा भूकम्प सुरक्षा प्रदर्शनी समेत हुने बताइएको छ । समारोहको चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले अध्यक्षता गर्नेछन् ।

वि सं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा वि. सं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *