टाइगर कप भलिबल: चन्द्रागिरि न्यु डायमण्ड समूह विजेता बन्दै सेमीफाइनलमा

Thankot Times

थानकोट ।

पोखरा टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी चौथो टाइगरकपमा भारतको हरियाणा टिमलाई हराउँदै चन्द्रागिरि न्यु डायमण्ड समूह बी को विजेता बनेको छ ।

पोखरा रंगशाला भलिबल कोर्टमा जारी समूह बि तर्फको अन्तिम खेलमा हरियाणालाई ३-० को सोझो सेटमा हराउँदै डायमण्ड समूह विजेता बनेको हो ।

पहिलो सेट २५-१७ ले न्यु डायमण्डले आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१६ ले हरायो ।

एक समय हरियाणाले अग्रता लिएपनी डायमण्डले प्रतिभा मालीलाई कोर्टमा प्रवेश गराएपछि खेल आफ्नो  पोल्टामा पारेको हो । आर्मी उप विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीको दुई अंक रहेको छ ।

यस अघि भएको खेलमा समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै कुल पाचँ अंकका साथ सेमिफाइनल प्रवेश गरेको हो ।

बुधबार भएको एकपक्षीय खेलमा एपीएफले पहिलो सेट २५-१६ ले जित्यो ।  दोस्रो सेटमा २५-९ को जित हासिल गर्‍यो । तेस्रो सेटमा २५-१७ मा हरायो ।

समूह ए बाट पुलिस उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ । पुलिसको कुल चार अंक रह्यो भने गण्डकी अंक बिहिन हुँदै बाहिरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *